काठमाडौं- धादिङको बन्चरेडाँडा ल्यान्डफिल साइटकमा स्थानीयले आजैदेखि काठमाडौंको फोहोर फाल्न दिने भएका छन् ।
सहरी विकास मन्त्रालयमा शुक्रबार बिहान स्थानीयका मागहरू पूरा गर्ने मन्त्रालयको प्रतिवद्धता र सांसदहरूको भनाइका आधारमा स्थानीयले फोहोर फाल्न दिने भएका हुन् ।
संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले विगतका सहमतिहरू अक्षरश: पालना गर्न सोमबारको मन्त्रिपरिषद्मा पेस गर्ने सहमति भएको जानकारी दिए । “मन्त्री झाँक्री, सांसद गगन कुमार थापा, डा. प्रकाशशरण महत लगायतका व्यक्तिहरूले स्थानीयका मागहरू पुरा गर्ने जिम्मा हाम्रो भनिसकेपछि फोहोर फाल्न दिने भएका हौँ,”ढुंगानाले भने, “बिहान मन्त्री झाँक्रीले पनि आममाफी मागेको हुँदा मागहरू कार्यान्वयन हुनेमा विश्वस्त भएका छौँ । सोहीअनुसार स्थानीयलाई आन्दोलन नगर्न आग्रह गरिएको हो ।”
स्थानीयकाअनुसार सरकारले माग पूरा नगरे ईआइए प्रक्रियाकै क्रममा फेरि आन्दोलन हुनसक्ने बताए ।
स्थानीयले गत मंगलबारदेखि काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए ।


विश्व खबर 




















