images
images
  • मेयर बालेनलाई नबिल बैंकको समर्थन १८ शाखामा सार्वजनिक शौचालय

    काठमाडौं- नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरूका शौचालयहरुलाई सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ ।

    काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएसँगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरूका शौचालयहरूलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछन् । सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन काठमाडौँ महानगरपालिकाले गरेको आह्वान अनुरुप नबिल बैंकले आफ्नो एक्यबद्धता जनाएको हो ।

    महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचना सहितको संकेतबोर्ड प्रष्ट देखिने गरी बैंकका शाखाहरुमा उपयुक्त ठाउँमा जडान गर्नेछ ।

    बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तर दायित्व अन्तर्गत स्वयंले गर्नेछ । साथै शौचालयको नियमित मर्मत, सम्भार र सरसफाई, पानीको प्रबन्ध, निकासको व्यवस्था दुरुस्त राख्नेछ । बैंकका अनुसार यो सम्झौता पाँच बर्ष अवधिको लागि गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images