images
images
  • नेपालमा रहेका भारतीय नागरिकलाई नाम दर्ता गर्न दूतावासको आह्वान

    काठमाडौं- काठमाण्डूस्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकहरूलाई दर्ता हुन सूचना जारी गरेको छ। मङ्गलवार सूचना जारी गर्दै दूतावासले कन्सुलर सेवा लिनका लागि दर्ता अनिवार्य गरिएको जनाएको छ।

    “नेपालमा बसोबास गरिरहेका भारतीय समुदायलाई काठमाण्डूस्थित भारतीय दूतावासमा दर्ता हुन अनुरोध गरिएको छ,” सूचनामा भनिएको छ।

    दर्ताका लागि दूतावासको वेबसाइटमार्फत् आवेदन दिएर समय लिनुपर्ने सूचनामा उल्लेख छ। दर्ताका लागि जाँदा राहदानी वा मतदाता परिचयपत्रको सक्कल प्रति समेत लिएर जान अनिवार्य गरिएको छ।

    नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूलाई नेपालमा रोजगारी, सेवा वा अध्ययन गरिरहेको भए सम्बन्धित निकायबाट त्यसको पनि प्रमाण पेस गर्न भनिएको छ।

    साथै नेपालमा बसोबास गरिरहेको ठेगानाको समेत प्रमाण मागिएको छ। त्यसमा बिजुलीको बिल वा घरधनीबाट भाडामा बसिरहेको भन्ने जानकारी पत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images