images
images
  • नेकपा एसमा ‘मन्त्री’को भूकम्प: प्रधानमन्त्रीले नटेरेपछि एकीकृत समाजवादीभित्र पहिरो

    काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाको असहमतिका कारण आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको सेट फेर्ने नेकपा ९एकीकृत समाजवादी०को निर्णय कार्यान्वयन रोकिएको छ । पार्टी सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी ४ जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम प्रधानमन्त्रीलाई सिफारिस गर्दै शपथ ग्रहणको प्रबन्ध मिलाउन भनेको थियो ।

    पार्टी निर्णयसहित देउवालाई भेटेर सोमबार शपथ ग्रहणको प्रबन्ध गर्न आग्रह गरेर निस्किएका अध्यक्ष माधव नेपाल आफ्नो निर्णय कार्यान्वयनबाट रोकिएपछि निःशब्द भएका छन् । नेकपा एसकै मन्त्रीहरूको चर्को दबाब र सत्ता गठबन्धन आबद्ध दलका नेताहरूको दबाबमा नेकपा एस आफ्नै निर्णय कार्यान्वयन गराउन नसक्ने अवस्थामा पुगेको छ । यसअघि पार्टीले मन्त्रीको नाम सिफारिस गरेर पठाएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले शपथ ग्रहण गराउने प्रचलन थियो । प्रधानमन्त्री देउवाले पहिलो पटक पार्टीको सिफारिस कार्यान्वयन गर्न अस्वीकार गरेपछि नेकपा एस राजनीतिक सङ्कटमा फसेको छ ।

    देउवाले संसद्मा बजेट अधिवेशन जारी रहेकाले मन्त्री फेर्दा सन्देश नराम्रो जाने तर्कसहित गठबन्धन आबद्ध दलका शीर्ष नेतालाई डाकेर तत्काल शपथ ग्रहण रोकेपछि नेकपा एस राजनीतिक सङ्कटमा छ भने गठबन्धन आवद्ध नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी र कांग्रेस स्वयंलाई समेत प्रधानमन्त्रीको कदमले तत्काललाई राहत दिएको छ ।

    पार्टीभित्रै फरक मत

    पार्टी निर्णयमा फरक पार्टीका प्रधानमन्त्रीले हस्तक्षेप गरेपछि नेकपा एसभित्रै पार्टीको निर्णयलाई लिएर फरक मत र असन्तुष्टि चुलिएको छ । प्रधानमन्त्रीको कदमलगत्तै स्वास्थ्यमन्त्री विरोध खतिवडाले पार्टीले गरेको गलत निर्णयलाई प्रधानमन्त्रीले सच्याएको प्रतिक्रिया दिएका छन् । उनको यस तर्कमा शहरी विकसामन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आलेलगायतले समर्थन गरेका छन् । तर, पार्टीका सम्मानित नेता झलनाथ खनालदेखि प्रवक्ता जगन्नाथ खतिवडासम्मले देउवाले पार्टी निर्णय कार्यान्वयन नगरेर गल्ती गरेको बताएका छन् ।

    उनीहरूले पार्टीको सचिवालय बैठकले गरेको निर्णय कुनै पनि हातलमा कार्यान्वयन हुनुपर्ने अडान राखेका छन् । सरकारमा सहभागी मन्त्रीहरूले भने सचिवालय बैठकले मन्त्री हेरफेरको निर्णय गर्न नसक्ने भन्दै यो निर्णयको कुनै तुक नभएको बताइरहेका छन् ।

    यस प्रकरणमा माधव नेपालले मुख खोलिसकेका छैनन् । तर, प्रवक्ता खतिवडा भने अध्यक्ष नेपालले समेत निर्णय कार्यान्वयन हुनुपर्ने अडान राखेर सर्वदलीय बैठकबाट बाहिरिएका दाबी गरे । सम्मानित नेता खनालले त पार्टीको सार्वभौम अधिकारमा प्रधानमन्त्रीले हस्तक्षेप गर्ने नमिल्ने भन्दै निर्णय कार्यान्वयन हुने बताएका छन् ।

    ‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने, त्यो सम्बन्धित पार्र्टीको सार्वभौम कुरा हो, अरूले गर्ने होइन । हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय पार्टीले गर्छ, यो धर्तीका अरू कुनै तागतले गर्ने कुरा होइन’, शपथ ग्रहण रोकिएपछि खनालले पत्रकारहरूसँग भने ।

    प्रवक्ता भन्छन्ः देउवाले गल्ती गरे

    नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले तत्काल शपथ ग्रहण रोकिए पनि पार्टीको निर्णय कार्यान्वयन भएरै छाड्ने बताए ।
    उनले बजेट छलफल प्रभावित हुन्छ भन्ने प्रधानमन्त्रीको तर्कमा दम नभएको भन्दै बजेट मन्त्रीले नभएर सरकारले ल्याउने भएकाले मनत्री फेरिँदैमा बजेट प्रभावित नहुने तर्क गरे । उनले प्रधानमन्त्रीले बदमासी गरेको आरोपसमेत लगाए ।

    ‘देउवाले बदमासी गरे, हाम्रो पार्टीले मन्त्रीको नाम लेखेर दिएपछि रोक्न मिल्छ रु’, द नेपालटपसँग खतिवडाले भने, ‘हाम्रो निर्णय फिर्ता हुँदैन, फिर्ता गर्दैनौँ । फिर्ता गर्‍यो भने त इज्जत गइहाल्छ नि १’ उनले बजेटसँग मन्त्री हेरफेरको सरोकार नहुने भन्दै पार्टीको निर्णय कार्यान्वयन गर्न र प्रधानमन्त्रीलाई परेको दबाब आफैँले मिलाउनुपर्ने भन्दै तत्काल शपथ ग्रहण गराउन मागसमेत गरे ।

    मन्त्रीलाई माधवभन्दा देउवाको भर !

    नेकपा एस सरकारमा सहभागी हुनुअघिसम्म पार्टी फुटाउन र सरकारमा सहभागी हुन नेपाललाई साथ दिँदै आएका पार्टीका नेताहरू मन्त्री पद जाने भएपछि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हारगुहार गर्न पुगेका छन् ।पार्टीले मन्त्रीको सेट फेर्ने निर्णय गरेपछि सार्वजनिक रूपमा पार्टी निर्णय स्वीकार गरेको अभिव्यक्ति दिएका मन्त्री आले र किसान श्रेष्ठ पद जाने भएपछि बजेटको निहुँ देखाएर सुरुमा प्रचण्ड र त्यसपछि देउवालाई भेट्न पुगे ।

    प्रधानमनत्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार नेकपा एसका मन्त्रीहरूले एकल र सामूहिक रूपमा प्रधानमन्त्रीलाई भेटेर पार्टीको निर्णय प्रक्रिया र जारी बजेट छलफललाई आधार देखाएर पार्टीको निर्णय कार्यान्वयन गगर्न आग्रह गरेपछि देउवा शपथ ग्रहण नगराउने निर्णयमा पुगेका हुन् ।त्यसो त देउवाले भेटमा नेकपा एसका तर्फबाट मन्त्री फेर्दा जसपा, माओवादी केन्द्र र आफ्नै पार्टीबाट समेत मन्त्री फेर्न दबाब आउने भएकाले आफू सकारात्मक नरहेको जबाफ दिएको सचिवालयमा कार्यरत प्रधानमन्त्रीका ती सहयोगीको दाबी छ ।

    रनभुल्लमा माधव नेपाल

    पार्टी निर्णय कार्यान्वयन नभएपछि आगामी रणनीति कस्तो बनाउने भन्ने विषयलाई लिएर नेकपा एसमा अध्यक्ष माधव नेपाल भने रनभुल्लमा परेका छन् ।देउवाले बोलाएको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा पुगेर तत्काल मन्त्री नफेर्न सहमति जुटाएर आएका नेपाललाई पार्टी निर्णय कार्यान्वयन गर्न सम्मानित नेता झलनाथ खनालसहित सचिवालयका सबैजसो सदस्यले दबाब दिएका छन् ।

    उनीहरूले पार्टी निर्णय कार्यान्वयन नभए जनतामा नकारात्मक सन्देश जाने तर्कसहित नेपाललाई तत्काल सिफारिस भएका नयाँ मन्त्रीको शपथ गराउन दबाब दिन भनेका छन् । गठबन्धन बैठकमा देउवाको प्रस्ताव स्वीकार गरेर आएका नेपाल भने पार्टी सचिवालय सदस्यको दबाबपछि कसरी अघि बढाउने भन्ने विषयमा रनभुल्लमा परेका छन् ।पार्टी प्रवक्ता जगन्नाथ खतिवडा भने नेपालले शपथ ग्रहण तत्काल नगराउने विषयमा सहमति नजनाएको बताउँदै तत्काल नयाँ मन्त्रीको शपथ ग्रहण हुने दाबी गर्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images