images
images
  • रुपन्देहीको रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु

    काठमाडौं- रुपन्देहीमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

    जनकपुरबाट भैरहवा आउँदै गरेको बस आइतवार बिहान ४ः ३० बजे रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको रुपन्देही प्रहरीले बताएको छ।

    लु २ ख ३८४१ नम्बरको बस दुर्घटना भएको हो । बस रुपन्देहीको  रोहिणी  गाउँपालिका–४ र  ओमसतिया गाउँपालिका–४ को सीमामा रोहिणी नदीमा खसेको हो । बसमा ३३ जना सवार रहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख केशब केसीले बताउनुभयो ।

    घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको छ । उनीहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images