images
images
  • तपाईं जाने हाेइन् त कालिन्चोक ? तस्विरमा हेर्नुहोस् कालिन्चोकको सुन्दरता

    कुरी( दाेलखा)- प्रकृतिले सिँगारेको सुन्दर मुलुक, नेपाल । यहाँ तराईका फाँट, हरियाली पहाड र हिउँले ढाकिएका सेताम्य हिमाल छन् । तिनै सुन्दर स्थानमध्ये दोलखाको कालिन्चोक पनि एक हो । ३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिन्चोकबाट आँखैअघि हिमालका साथै सुन्दर पहाड, नदीनालाको दृश्यावलोकन गर्न सकिन्छ । उच्च पहाडी क्षेत्र भएकाले हिउँद याममा यहाँ हिउँ पर्ने भएकाले हिउँको मज्जा पनि लिन सकिन्छ ।

    कसरी जाने कालिञ्चोक ?
    -दोलखा सदरमुकाम चरीकोटबाट १७ किलोमिटर उत्तरतर्फ कालिन्चोक रहेको छ । कालिञ्चोक गाउँपालिका अन्तर्गत पर्छ, कालिञ्चोक भगवती मन्दिर र कुरी भ्याली । काठमाडौंको पुरानो बसपार्कबाट बस चढेर १ सय ३३ किलोमिटरको यात्रामा दोलखाको सदरमुकाम चरिकोट पुगिन्छ । करिब ५ ६ घण्टाको यात्रामा चरिकोट पुग्न सकिन्छ ।

    -चरीकोटबाट करिब १ घण्टा कच्ची सडकको यात्रामा कालिञ्चोकको फेदीमा रहेको कुरी भ्याली पुग्न सकिन्छ ।

    -चरिकोटबाट करिब ५ घण्टाको उकालो बाटो हिँडेर पनि कुरी भ्यालीमा पुग्न सक्नुहुनेछ ।

    -चरिकोटबाट कुरी जाँदा जाडो मौसम (र केही दिनअघि मात्रै पानी परेको) भए हिँउ खेल्दै जान पाइन्छ भने चैत वैशाखको समयमा डाडाँभरी फुलेका रङ्गीचङ्गी गुराँसका फुलले तपाईंलाई आकर्षित गर्नेछ ।

    -कुरी पुगेपछि तपाईं त्यहाँ रहेका होटलमा बास बस्नुहोस् । कुरी भ्यालीमा हाल ४१ वटा होटल सञ्चालनमा छ ।

    -यहाँ सामान्य होटलदेखि डिलक्स रुमसम्मको होटलको व्यवस्था छ । यहाँ सादा नेपाली खाना, लोकल कुखुराको मासु, ढिँडो, राँगा वा चौंरीको सुकुटी लगायतका परिकारको स्वाद लिन सक्नुहुनेछ ।

    -भोलिपल्ट झिसमिसेमै तपार्ईं कुरीबाट उकालो लाग्नुहोस् । करिब १ घण्टाको उकालो बाटो हिँडेर तपार्ईं कालिञ्चोक डाँडामा पुग्नुहुनेछ । यो डाँडा ३ हजार ८ सय ४२ मिटर उचाइमा छ । यदि तपार्ईं दमको रोगी हुनुहुन्छ वा लेक लाग्ने सम्भावना छ भने पूर्वतयारी गर्न नबिर्सनुहोला । जाडो (चिसो) हुने भएकाले आवश्यक कपडाको पनि बन्दोबस्त गर्नुहोला ।

    -यदि तपाईंले पुजाको सामग्री घरबाटै ल्याउनुभएको भए पुजा गर्नुहोस् र छैन भने पनि तपार्ईं यही डाँडामा रहेको पसलबाट पुजा सामग्री किनेर कालिञ्चोक भगवतीको दर्शन गर्न सक्नुहुनेछ ।

    कालिञ्चोक भगवतीको महत्व : 

    धार्मिक दृष्टिकोणले कालिञ्चोक भगवतीको ज्यादै महत्व छ । पार्वतीले महादेव स्वामी पाउँ भनेर तपस्या गरेको भूमि मानिन्छ, कालिञ्चोक भगवतीलाई । हिमालय पर्वत माइती भएकी पार्वतीले गौरीशंकर क्षेत्रमा ध्यानमा रहेका महादेवलाई देख्नेगरी कालिञ्चोकको डाँडामा तपस्या गरेको किंवदन्ती छ । त्यही भएर पनि नेपाली तथा भारतीय हिन्दु धर्मावलम्वीले सम्भव भएसम्म एकपटक कालिञ्चोक भगवतीको दर्शन गर्ने गरेका छन् ।

    कालिञ्चोक भगवतीलाई भगवतीका सात दिदीबहिनीमध्येको एक समेत भनिने गरिएको छ । त्यही भएर पनि यहाँ पूजाआजाका लागि दैनिक जसो तिर्थयात्रीहरु आउने गरेका छन् । कालिञ्चोक भगवतीको दर्शन गरेर भाकल गरेपछि मनले चिताएको पुरा हुने जनविश्वाससमेत छ । परापूर्व कालमा कालिञ्चोक क्षेत्रबाट भेडाबाख्रा हराएमा कालिञ्चोक भगवतीको नाम पुकारेपछि सोही क्षेत्रमा हराएका भेडाबाख्रा भेटिने गरेको किंबदन्तीसमेत छ ।

    कालिञ्चोक डाँडालाई पानीको श्रोतकारुपमा पनि लिइन्छ । मन्दिरको पूजा गर्ने स्थानमा एउटा जल कुण्डसमेत छ । सोही जलकुण्डको दायाँ अर्थात् पूर्व दिशाबाट तामाको धारा भएर तामाकोशी र बाँया अर्थात् पश्चिमबाट सुनको धारा भएर सुनकोशी बगेकोसमेत किंवदन्ती छ ।

    कालिञ्चोकको डाँडाबाट देखिने हिमालका सुन्दर दृश्यहरुले मन पुलकित बनाउेछ । कालिञ्चोक डाँडा आसपासका क्षेत्रमा स्केटिङ र गल्फ खेलका लागि पनि राम्रो सम्भावना छ । हिँउ खेल्न वा वा दैनिक ब्यस्त जीवनबाट रिफ्रेस हुनका लागि पनि दोलखाको कालिञ्चोक र कुरी भ्याली एकपटक पुग्नैपर्ने स्थान हो, चाहे धार्मिक आस्थाका काण होस् या प्राकृतिक सुन्दरताका लागि ।

     हेर्नुहोस् तस्विरमा कालिन्चोकको सुन्दरता :

    284964021 547723376760578 9164513123873762738 n

    285642610 712477799970737 5163683176760058840 n

    284623915 1067464003855072 8471716870955668028 n

    285002073 1874144942796100 7198962039445144142 n

    285416172 546332983611345 1964076767723180593 n

    285164463 720843572495194 1106460452852143418 n

    285273532 436707361159976 5434886843123285968 n

    284901472 552839446493233 6533874020019130255 n

    285789628 1358275664664919 125909297121440052 n

    284518747 1010834356471507 5201827888530891197 n

    285469012 317641913873865 2785175875207387710 n

    285191490 544419210734239 6640082540859536699 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images