images
images
  • पहिलो पटक उल्टो म्युजियम सञ्चालन

    कञ्चनपुर । यहाँको महेन्द्रनगरमा उल्टो म्युजियम सञ्चालनमा ल्याइएको छ। भीमदत्त नगरपालिका– ३ भाँसीस्थित महेन्द्रनगर म्युजियममा उल्टो म्युजियम सञ्चालनमा ल्याइएको हो।

    क्याप्टेन वेदप्रकाश उप्रेतीले यहाँको पर्यटन प्रवर्द्धनका लागि हेलिकेप र स्विमिङ पुल सञ्चालनमा ल्याएका थिए। म्युजियमको ग्राउन्ड फ्लोरमै बुधबारदेखि उल्टो म्युजिम सञ्चालनमा आएको हो। महेन्द्रनगर म्युजियमका सञ्चालक उप्रेतीले नेपालमै पहिलोपटक उल्टो म्युजियम सञ्चालनमा आएको दाबी गर्नुभयो ।

    उप्रेतीले पर्यटकलाई मनोरञ्जनका लागि उल्टो म्युजियम सञ्चालनमा ल्याएको उल्लेख गर्नुचयो । म्युजियमको माथिल्लो फ्लोरमा सुदूरपश्चिमको लोकसंस्कृति, ऐतिहासिक, धार्मिक पर्यटकीय महत्व झल्कने वृत्तचित्र राखिएका छन्। म्युजियम अवलोकनका लागि प्रतिव्यक्ति सय रुपैयाँ शुल्क तोकिएको भने कञ्चनपुरमा उल्टो म्युजियम सञ्चालनमा आएसँगै पर्यटकीय गतिविधि थप प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

    उल्टो म्युजियमको एक कार्यक्रमबीच पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष चित्रांग थापा र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव रामसिंह ठगुन्नाले उद्घाटन गरेका गर्नुभएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images