images
images
  • मेयर बालेन्द्रको पहिलो निर्णय नै कार्यान्वयन हुन सकेन

    काठमाडौं- राजनीतिक दलहरूको असहयोगका कारण काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको पहिलो निर्णय नै कार्यान्वयन हुन सकेन ।

    शपथग्रहणपछि बसेको कार्यपालिका बैठकले प्रमुखको संयोजकत्वमा फोहोरमैला व्यवस्थापन समिति बनाएर मंगलबार बिहान साढे ९ बजे बैठक बस्ने मिति तय गरेको थियो ।

    सो समितिमा हरेक दलबाट २ जनाका दरले प्रतिनिधि पठाउने प्रस्तावमा सदस्यले ताली ठोकेर सहमति जनाए । वडाध्यक्षको संयोजकत्वमा बनाउन प्रस्ताव गरिएको यस्तो समिति वडाध्यक्षकै रायमा प्रमुखको संयोजकत्वमा बनाउने सहमति भएको थियो ।

    सहमतिपछि प्रमुखले दलका तर्फबाट २ जनाका दरले नाम दिन भने पनि दलहरूले सदस्यको नाम नदिएपछि बिहान बस्ने भनिएको बैठक नै बस्न सकेन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images