images
images
  • अब हेलिकप्टर उडानमा पनि २ पाइलट अनिवार्य

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि हेलिकप्टरमा २ जना पाइलट अनिवार्य रहनु पर्ने व्यवस्था गरेको छ । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले साना ठूला सबै हेलिकप्टरमा २ पाइलट राखेर मात्र उडाउन पाइने व्यवस्था गरिएको बताए । यो नियम १७ असार ९ जुलाई देखि लागू हुने गरी निर्णय भएको उनको भनाई छ ।

    हालसम्म हेलिकप्टरमा १ जना पाइलटले यात्रु बोक्ने गरी सञ्चालन भइरहेको छ । तर अब भने साना हेलिकप्टरमा समेत २ जना पाइलट अनिवार्य राख्नु पर्ने निर्णय गरिएको छ । नेपालको भौगौलिक अवस्थितिले साना जहाज र हेलिकप्टरहरुको दुर्घटना दर उच्च बन्दै गएको कारण हवाई सुरक्षा अभिवृद्धि गर्न यस्तो निर्णय गरिएको बताइएको छ । नेपालमा एमआई १७ मोडलका ठूला हेलिकप्टरमा मात्र २ पाइलट अनिवार्य गरिएको थियो ।

    जहाज वा हेलिकप्टर चलाउँदा चलाउँदै पाइलट अचेत हुने वा अन्य स्वास्थ्य समस्या आएमा थप ठूलो दुर्घटना नहोस भन्ने उद्देश्यले यस्तो निर्णय भएको बताइएको छ । विश्वका अधिकांश मुलुकमा सिंगल इन्जिन एयरक्राफ्टमा दुई पाइलट राख्ने प्रचलन छैन । तर, नेपालका लागि भने प्राधिकरणले गरेको यो नयाँ निर्णय हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images