भक्तपुर । शैक्षिक सत्र सुरु भएको तीन साता बितिसक्दा पनि विद्यालय तहका कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न सकिरहेको छैन् । पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुस्तक अभाव भएको हो ।
कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिइएको भए पनि कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक भने जनक शिक्षाले छाप्दै आएको छ । विगतदेखि नै केन्द्रले समयमै पुस्तक छाप्न नसक्ने समस्याका कारण केही वर्षअघिदेखि नै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाइको जिम्मा लगाएको थियो । केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार चालू शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म १ करोड ६५ लाख थान मात्रै पाठ्य पुस्तक पछाई सकिएको छ ।
जनक शिक्षाले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी रहेको जनानएको छ । चालू शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म १ करोड ६५ लाख थान मात्रै पाठ्य पुस्तक पछाई सकिएको प्रबन्ध निर्देशक अनिलकुमार झाले बताउनुभयो । जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक पछाइ सम्पन्न गरेको र १५ प्रशितत छपाइ भइरहेको जनाएको छ । झा भन्छन्, ‘यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पाठ्य पुस्तक छाप्नु पर्ने हो, अहिलेसम्म १ करोड ६५ लाख थान पुस्तक छपाइ सम्पन्न भएर वितरण गरिसक्यौ, बाँकी पुस्तक असार पहिलो सातासम्म छपाई सक्छौ र अबको एक महिनाभित्र नै विद्यार्थीको हातहातमा पुस्तक पुग्छन् ।’
कागजको नियमित आपूर्ति नहुँदा र जनक शिक्षाले स्थानीय तहको निर्वाचनको मतपत्र छपाईलाई बिशेष ध्यान दिएर त्यसमै जनशक्ति एवं छापाखाना प्रयोग गर्नु पर्दा पुस्तक छपाईमा केही ढिला हुन गएको बताइएको छ । केन्द्रले पुस्तक छपाईमा ढिलाई गरेपछि संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिलेसमेत केन्द्रका प्रबन्ध निर्देशक झासँग सोधपुछ गरेको थियो ।
समितिले एक महिनाभित्र पुस्तक छापेर पुस्तक विद्यार्थीसम्म पुर्याउन निर्देशन दिएको थियो भने आइतबार मात्रै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले केन्द्रको अनुगमन गर्नु भएको थियो । मन्त्री पौडेलले अनुगमनका क्रममा केन्द्रका प्रबन्ध सञ्चालक झालाई यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगाडि नै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन निर्देशन दिएका छन् ।


विश्व खबर 



















