images
images
  • लोग्नेको क्रूरताले गीताको मृत्यु, मजदुरीले पालिएका दुई नाबालकको बिजोक

    काठमाडौं- घरायसी विवादकाे क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।

    भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । गीताका दुई छाेरी छन् ।

    गीताले ज्याला मजदुरी गरेर घरमा जीविकोपार्जन गर्दै आएकी थिईन् । गीताले कमाएर ल्याएको पैसाबाट बिहानैदेखि रक्सी पिउँदै बस्ने श्रीमानले उनकै हत्या हुने गरी क्रूरतापूर्वक हत्या गर्ने मनसायले मलद्वारबाट लौरो घुसाएर गम्भीर घाइते बनाए । अन्तत: उनको मृत्यु भएको छ । गीताकै भरमा र्हुकिरहेका नाबालक दुई छोरीको बिजोक भएको छ ।

    श्रीमानले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्‍ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ । उनको उपचारमा संलग्‍न चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्‍गकाे चार तह च्यातिएको थियो । कम्मरको हड्‍डी भाँच्चिएको थियो ।

    माझीको सोमबार अपरेसन गरिएको थियो । अपरेसनपछि पोष्टअपमा उपचारमा हुँदा घाइतेको मुटुको चाल अचानक रोकिन पुगी मृत्यु भएको उनले बताए । ‘हिजो अपरेसनपछि पोष्टअपमा हुनुहुन्थ्यो । गएराति अचानक कार्डियाअरेष्ट भएपछि उहाँको मृत्यु भयो’, उनले भने ।

    पाँच दिनअघि ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमती गीताको मलद्वारमा लौरो घुसाएर घाइते बनाएका थिए । घटना लगत्तै प्रहरीले रामचन्द्रलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images