काठमाडौं- विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ ।
त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आइरहेको छ । विश्व स्वास्थ्य संगठनकाे दैनिक तथ्यांक हेर्दा काेराेना संक्रमण महामारी निरन्तर ओरालो लागेको संकेत देखिएकाे छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ७३० जनाकाे मृत्यु भएको हो।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर ३ लाख ३२ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 
















