काठमाडौं- सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजबाट सैद्धान्तिक छलफल शुरु हुँदैछ। छलफलका लागि प्रतिनिधि सभाको बैठक ११ बजेका लागि तोकिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेका थिए। आजको प्रतिनिधि सभा बैठकको सम्भावित सूचीमा शर्माले छलफलको प्रस्ताव राख्ने उल्लेख छ। त्यसपछि बजेटमाथि छलफल प्रारम्भ हुनेछ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट अनुचित ढंगले आएको आरोप लगाउँदै भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिइसकेका छन्। सोमवार नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकमा ओलीले उक्त निर्देशन दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















