images
images
  • मेयर बालेन साहको पहिलो निर्णय : नगरसभाको बैठक ‘लाइभ’ गर्ने

    काठमाडौं- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

    सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले दिउँसो ४ बजे कार्यपालिका बैठक बोलाउने र बैठक लाइभ गर्ने निर्णय गरेका हुन् ।

    पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आफूले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने बताएका छन् ।

    उनले भने, ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ । हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो ।’

    त्यस्तै, नगर उपप्रमुख सुनिता डंगोलले पनि पदभार ग्रहण गरेकी छिन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images