images
images
  • बालेनले नेपाल भाषामा पनि लिए मेयरको शपथ

    काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुखमा निर्वाचित वालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौंको मुख्य निर्वाचित अधिकृत राजुकुमार खतिवडाले साहलाई शपथ ग्रहण गराएका हुन्।

    खतिवडाले नेपालीमा शपथ ग्रहण गराएपछि बालेनले नेपालभाषामा पनि शपथ लिएका थिए।

    शपथ ग्रहण कार्यक्रममा बालेनकी श्रीमती सबिना काफ्ले उपस्थित थिइन्।

    स्वतन्त्र उम्मेदवारी दिएका बालेनले दलहरुको हेभिवेट उम्मेवारहरुलाई पराजित गर्दै महानगर प्रमुखमा जित निकालेका हुन्। उनले सबै मिलेर काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउने बताएका छन्।

    यस्तै, उपमेयर सुनिता डंगोलले पनि पद तथा गोपनीयताको सपथ लिएकी छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images