images
images
  • बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

    काठमाडौं- बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । सरकारले बागमती प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ ।

    प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि सोमबार दिउँसो २ बजे प्रदेशसभाको बैठक आह्वान गरेको छ । प्रदेशसभाको १० औँ अधिवेशनको पाँचौँ बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । उक्त बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले त्यसलाई सदनमा टेबुल गर्नेछन् ।

    प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्रका लागि योजना ल्याउने गरी नीति तथा कार्यक्रम तयार पारेको जनाइएको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images