images
images
  • लमजुङको कोइलेनीमा टिपर दुर्घटना, ४ जनाको मृत्यु

    लमजुङको मध्यनेपाल नगरपालिका ७ कोइलेनीस्थति मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मध्यनेपालकै कल्याङबेंसीबाट रामबजारतर्फ आउने क्रममा ढुंगा लोड भएको टिपर दुर्घटनामा परेर सवार ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर लक्ष्मण पचभैयाका अनुसार आज करिब ३ बजेतिर बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो ।

    दुर्घटनामा परेर मृत्यु भएकाहरु सबै मध्यपहाडी लोकमार्ग निर्माणमा खटिएकाहरु रहेको उनले बताए । उनका अनुसार उद्दार कार्य जारी रहेको र मृतकको पहिचान खुलिसकेको छैन । मृतक सबै पुरुष हुन् ।

    टिपर मध्यपहाडी लोकमार्गको सडकबाट करिब ३० मिटर तल खेतमा खसेको थियो ।

    टिपरले च्यापिएर मृत्यु भएकाको शव निकालिएको र उनीहरुमध्ये ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images