images
images
  • सम्पर्कविहीन विमानका यात्रु र चालक दलका सदस्यका आफन्त पोखरा विमानस्थलमा

    पोखरा । पोखराबाट जोमसोम उडानको क्रममा सम्पर्कविहीन भएको तारा एयरलाईन्सको विमानमा सवार यात्रु र चालक दलका सदस्यहरुका आफन्त पोखरा विमानस्थलमा जम्मा भएका छन् । आइतबार पाँचवटा उडान तालिका रहेको विमान पहिलो उडान गर्दैगर्दा सम्पर्कविहीन भएको छ।

    पहिलो उडान सकेर फर्केपछि दोश्रो उडानको तयारी भइरहेकोले पोखरा विमानस्थलमा यात्रु समेत पर्खिरहेको अवस्था छ । विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीका अनुसार दोश्रो उडानका लागि टिकट लगेका यात्रु विमानस्थल आइसकेका थिए र केही अझै विमानस्थलमा बसिरहेका छन् ।

    विमानस्थलमा अहिले भने सम्पर्कविहीन भएको तारा एयरलाईन्सको विमानमा सवार यात्रु र चालक दलका सदस्यका आफन्त, दोश्रो उडानका यात्रु र शुभचिन्तक बसिरहेका छन् ।5

    aafant 11

    1 1 2 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images