पोखरा-आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको पुष्टि भएको छ ।घाँसाभन्दा माथि लेते र त्यसमाथि लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए।
तारा एयरको विमान मुस्ताङको लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ। घाँसाभन्दा माथि लेते र लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए।उनले आज (आईतवार) पोखराबाट उडान भएको १८ मिनेटपछि जहाज सम्पर्कविहीन भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता कँडेलले बताए।
पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो। पोखरा विमानस्थलबाट उडेको ‘नाइन एनएइटी’ जहाज दुर्घटनामा परेको हो।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले तारा एअरको हराएको विमान खोजी गर्नका लागि सेनाको टोली दुर्घटनास्थलतर्फ गइसकेको बताएका छन् । मुस्ताङको लेते आसपासमा दुर्घटना भएको भन्ने खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको र प्रधिकरणले सेनालाई दिएपछि स्थलगत पुष्टि गर्नका लागि सेनाको टोली पैदल मार्गबाट गएको हो ।
‘नागरिक उड्ययन प्राधिकरणबाट स्थानीयले खबर गरेको भनेर मुस्ताङको लेतेको आसपासमा नौलीकोट भन्ने ठाउँमा घटना भएको भन्ने खबर आएको छ । हाम्रो त्यहाँ नजिकको घाँसामा सेनाको पोष्ट छ । त्यहाँबाट फिजिकल्ली कन्फर्मेसन गर्नका लागि पैदल मार्गबाट सेना गएका छन्,’ प्रवक्ता सिलवालले भने ।
काठमाडौंबाट हेलिकोप्टर उडिसकेको पनि प्रवक्ता सिलवालले बताए । ‘उद्दारका लागि काठमाडौंबाट पनि एमआई १७ हेलिकोप्टर गइसकेको छ । थप मान्छेहरू पोखराबाट लिएर घटनास्थलतिर गएको छ । थप खबर आउन बाँकी छ,’ उनले भने ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मुस्ताङको घोडेपानी क्षेत्रबाट तारा एयरको जहाजसँग सम्पर्क टुटेको बताएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै मुस्ताङको घोडेपानी क्षेत्रबाट जहाजसँग सम्पर्क भएको स्पष्ट पारेको हो।प्राधिकरणले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजी कार्य जारी रहेको बताएको छ ।काठमाडौं, पोखरा र जोमसोमबाट खोज तथा उद्धारका लागि हेलिकोप्टरहरु स्टाण्डबाई राखिएको समेत प्राधिकरणले जनाएको छ ।
विमानको अवस्थाको बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकोप्टर त्यसतर्फ पठाइएकोमा प्रतिकुल मौसमको कारणले उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको छ । प्राधिकरणका अनुसार स्थलमार्गबाट खोजि कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यसतर्फ प्रस्थान गरिसकेको जनाएको छ।
बिहान ९ः५५ बजे जोमसोमको लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको तारा एयरको विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपछि उक्त विमान सम्पर्कबिहीन भएको थियो ।जहाजमा चालक दलका सदस्य प्रभाकर घिमिरेले बिहान ९ बजेर ५५ मिनेटमा जहाज उडाएका थिए। जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। ४ जना भारतीय पर्यटकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेका छन्।
यो पनि हेनुहोस्:यी हुन् सम्पर्कविहीन जहाजमा सवार २२ जना (सूचीसहित)























