काठमाडौं । मुस्ताङको जोमसोम क्षेत्रमा सम्पर्कविहीन भएको जहाजको खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको बताए ।
पोखरेलले नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको जनाए । गण्डकी प्रदेश प्रहरीले सम्पर्कविहीन जहाजको स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको जनाएको छ । सम्पर्कविहीन तारा एयरको ९ एन एईटी ट्विनअटर विमान १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।
यसैबीच, मुस्ताङको घाँसा क्षेत्रमा ठूलो आवाज सुनिएको र आगो बलेको देखेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेको बताइएको छ । प्रहरीकाले यही सूचनालाई पुष्टि गर्ने प्रयास भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















