काठमाडौं-पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाजमा १९ सवार रहेको खुलेको छ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उक्त जहाज मौसम राम्रो नभएकै बेला उडेको थियो।नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए।
को को थिए यात्रु?
१.वाजभवी बन्देकर
२. इन्द्र बहादुर घले
३.पुरुषोत्तम घले
४. राजन कुमार घले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८.रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार
११. मकर बहादुर तमाङ
१२. राममाया तमाङ
१३.सुकुमाय तामाङ
१४.तुलसा देवी तमाङ
१५. अशोक कुमार त्रिपाठी
१६ धनुष त्रिपाठी
१७ रितिका त्रिपाठी
१८ युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ,
चालक दलको सदस्यमा
20.क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
21.को–पाइलट उत्सव पोखरेल
22.एयर होस्टेज किस्मी थापा
यो पनि हेनुहोस्: पोखराबाट जोमसोम उडेको जहाज सम्पर्कविहीन
पोखराबाट जोमसोम उडेको सम्पर्कविहीन जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयर स्रोतले जनाए अनुसार जहाज अझै सम्पर्कविहीन छ । लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तारा एयर स्रोतले ९ एनएईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालक दलका ३ सदस्य छन् ।क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएको जहाज पोखराबाट ९ बजेर ५५ मिनेटमा उडेको थियो ।


विश्व खबर 



















