images
images
  • निजगढमा विमानस्थल नबनाउन सर्वोच्चको परमादेशको विरोधमा निजगढबासी माइतीघरमा

    काठमाडौं- बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको फैसलाविरुद्ध निजगढ विकास पक्षधर निजगढ बासीले प्रर्दशन गरेका छन् ।

    उनीहरुले शनिबार बिहान माइतीघरमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्चको फैसलाविरुद्ध विरोध प्रर्दशन गरेका हुन् ।

    निजगढ विकास पक्षधरहरुले कार्यपालिकको कामप्रति हस्तक्षेप बन्द गर वातावरणमात्र होइन विकास पनि अधिकार सबैकुरामा चुप लागि बस्नु हुन्न है सरकार, खर्च हाम्रो भइसक्यो फिर्ता, कसरी आउँछ ? भविष्यमा उड्ने जहाज कहाँ बस्न पाउँछ लगायतका ब्यानर बोकेर नारा लगाएका थिए ।

    b2 b4 b5

    प्रतिक्रिया दिनुहोस्
    images
    images