काठमाडौं- आज (शनिवार) विहानै देखि काठमाडौंका फोहोर उठ्न थालेको छ । उपत्यकाको फोहोर विसर्जन हुँदै आएको सिसडोल र बञ्चरेडाँडामा स्थानियको अवरोधका कारण यहाँको फोहोर उठ्न सकेको थिएन् ।
काठमाडौं महानगरपालिकाका नवर्निवाचित मेयर बालेन्द्र साह (बालेन) निर्वाचित भएकै दिन अर्थात हिजो (शुक्रवार) सिसडोल र बञ्चरेडाँडामा पुगि त्यहाँको निरिक्षण गरिसकेका छन् । मेयर बालेनले प्रभावित क्षेत्रका स्थानियलाई प्रत्यक्ष भेटर्वार्ता गरे संगै आजबाट काठमाडौंको फोहोर उठ्न थालेको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















