images
images
  • सुनीता डंगोलको दोहोरो कीर्तिमान, सबैभन्दा बढी मत र सर्वाधिक अन्तर

    काठमाडौँ-  नेकपा एमालेले काठमाडौँ महानगर प्रमुखको पद गुमाए पनि उपप्रमुखमा शानदार जित हात पारेको छ । उपप्रमुखमा एमालेकी २९ वर्षीया सुनीता डंगोल निर्वाचित भएकी छन् । प्राप्त मतका आधारमा उनले दोहोरो कीर्तिमान कायम गरेकी छन् ।

    डंगोलले देशभरका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमध्ये सबैभन्दा बढी मत पाएकी छन् । उनले प्राप्त गरेको मत ६८ हजार ६१२ रहेको छ । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ हुन् । उनले २३ हजार ८०६ मत पाएका छन् ।

    डंगोलले श्रेष्ठलाई ४४ हजार ८०६ मतले पराजित गरेकी हुन् । यो अंक पनि देशभरमा सबैभन्दा बढी मतको अन्तर हो । यसअघि यो कीर्तिमान भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिका नाममा थियो ।

    नेपाल मजदुर किसान पार्टीबाट भक्तपुरको नगर प्रमुखमा निर्वाचित प्रजापतिले २९ हजार २५२ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामप्रसाद कासुलाले जम्मा ३ हजार ४०७ मत पाएका छन् । उनीहरुबीचको मतको अन्तर २५ हजार ८४५ छ ।

    काठमाडौँ महानगरको प्रमुखमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतका साथ विजयी भएका छन् । उनले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गरेका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी सिंहले ३८ हजार ३४१ मत पाइन् । उनीहरुबीचको मतको अन्तर २३ हजार ४२६ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images