images
images
  • सम्मानजनक मत दिएकोमा महानगरवासीलाई धन्यवाद : सिर्जना सिंह

    काठमाण्डौ – काठमाण्डौ महानगरमा मेयरकी प्रत्यासी सिर्जना सिंहले आफूलाई मत दिनेहरुलाई धन्यवाद दिनुभएको छ ।

    सामाजिक सञ्जालमार्फत उहाँले आफूले विजयी हुने गरी मत नपाए पनि सम्मानजनक मत दिएकोमा नगरवासीलाई धन्यवाद दिनुभएको हो ।

    मेयरमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलाई बधाई तथा शुभकामना दिँदै उहाँले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई स्वीकार गर्ने बताउनु भएको छ । उहाँले आफूले पाएको मतलाई हार्दिकताका साथ स्वीकार गर्ने पनि बताउनु भएको छ ।

    गएको ३० गते भएको चुनावमा सिंह बालेन्द्र साहसँग २३ हजार ४ सय २५ ले पराजित हुनुभयो । उहाँले ३८ हजार ३ सय ४१ मत पाउँदा साहले ६१ हजार ७ सय ६६ मत ल्याउनु भएको थियो । यस्तै, एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत ल्याउनुभयो ।

    srinaja singh tYH5hPn3gb

    प्रतिक्रिया दिनुहोस्
    images
    images