images
images
  • दैलेखको आठबीसमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु

    दैलेखमा आज राति बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।

    कालीकोट जितेगडाबाट सुर्खेत आउँदै गरेको म ख १६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका सिस्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिए । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते हुनसक्ने अनुमान गरिएको छ ।

    अहिलेसम्म ४ जनाको शव भेटिएको उनले बताए। निवर्तमान मेयर उपाध्यायका अनुसार बसमा यात्रुको चाप धेरै थियो। अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

    बस सडकबाट झण्डै ५० मिटर तल नदीमा खसेको छ । थप विवरण आउन बाँकी छ । बस दुर्घटनामा परि कर्णाली नदीमा खसेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images