काठमाडौं – अमेरिकाको टेक्सस राज्यको रोब एलिमेन्ट्री स्कुलमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ । मंगलबार भएको घटनामा मृत्यु भएका १९ मध्ये १८ जना विद्यार्थी र एक शिक्षक रहेको बीबीसीले उल्लेख गरेको छ ।
१८ वर्षीय साल्भादोर रामोसले गोली चलाएको हुन सक्ने टेक्ससका गभर्नर ग्रेग एबोटले जानकारी दिएका छन् । उक्त समयमा संदिग्ध व्यक्तिसँग गोली र एआर-१५ राइफल रहेको स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । संदिग्ध आक्रमणकारीको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मृत्यु हुने बालबालिकामा ७ देखि १० वर्षसम्मका रहेको जनाइएको छ ।
प्राथमिक विद्यालयमा गोली चलाउनुअघि ती किशोरले आफ्नी हजुरआमालाई समेत गोली हानेको जानकारी प्राप्त भएको गभर्नर एबोटले बताएका छन् । उक्त घटना भएको केही समयपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो किसिमको दुर्घटना विश्वमा विरलै हुने गरेको भन्दै उक्त घटनाको भर्त्सना गरेका छन् ।


विश्व खबर 




















