images
images
  • काठमाडौंको मेयरमा बालेनको जित सुनिश्चित

    काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी हुने पक्का भएको छ । १ लाख ६८ हजार ४८७ मतगणना हुँदा उनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् ।

    बालेनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत पाएकी छन् । उनी बालेनभन्दा अझै २० हजार १ सय १० मतान्तरले पछाडि छन् । साढे २२ हजार मतगणना मात्र बाँकी रहेको अवस्थामा बालेन नै काठमाडौंको मेयर बन्ने सुनिश्चित भएको छ ।

    तेस्रो स्थानका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ३३ हजार ९ सय ७५ मत पाएका छन् । यस्तै, मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ९६३ मत ल्याएका छन् ।

    निर्वाचन आयोगका अनुसार अहिले वडा नम्बर १३ कालिमाटी, १४ कालिमाटी, १५ डल्लु, १६ सोह्रखुट्टे र १७ क्षेत्रपाटीको मत गणना भइरहेको छ । अन्य सबै वडाको गणना सकिएको छ । ३० वैशाखमा भएको निर्वाचनमा १ लाख ९१ हजार १२५ जनाले मतदान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images