images
images
  • यौन दुर्व्यवहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

    काठमाडौं । विद्यालयकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त गौशालाले कलेजका संयोजकसमेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरेको हो। आफूहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै तीनजना विद्यार्थीले गौशाला वृत्तमा जाहेरी दिएपछि अधिकारीलाई प्रहरीलाई पक्राउ गरेको हो ।

    विद्यार्थीहरुले शिक्षकलाई कारबाहीको माग गर्दैै गौशाला प्रहरी कार्यालयमा धर्ना र नाराजुलुस समेत गरेका छन्। विद्यार्थीले जाहेरी दिएपछि शिक्षकलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । उनीमाथि गौशाला वृत्तले अनुसन्धान अघि बढाएको छ । अधिकारीलाई म्याद थपको लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरिएको बताइएको छ।

    अधिकारीमाथि ११ र १२ कक्षा मा पढ्ने विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप छ। शिक्षकले गरेको दुर्व्यवहारका बारेमा कलेज प्रशासनलाई जानकारी गराएपनि चासो नदिएपछि आन्दोलित हुनुपरेको विद्यार्थीहरुको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images