काठमाडौं- चितवनकाे भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भएकी छन् । उनी दाेस्राे कार्यकालका लागि निर्वाचित भएकी हुन् ।
नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गरि विजयी भएका हुन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याएका छन् ।
उपमेयर उम्मेदवार राप्रपाकी हिमला गुरुङले ३० हजार ६ सय १२ मत ल्याएकी छन् । महानगरमा कूल एक लाख २७ हजार ५६६ मत खसेको थियो ।
यता मेयरमा निर्वाचित भएसंगै रेनु दाहालको विजय जुलुसको भव्य तयारी गरिएको छ । ५ दलिय गठबन्धनबाट निर्वाचित विजय जुलुसमा सहभागी हुन सैयौं कार्यकर्ता भेला हुन थालेका छन् । औपचारिक घोषणा भएसंगै विजय जुलुस निकाल्ने बताईएको छ ।



विश्व खबर 



















