काठमाण्डौँ- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनबाट परिणाम अपेक्षाकृत आएको बताएको छ । पार्टी मुख्य कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर प्रवक्ता प्रकाशशरण महतले चुनावी परिणाम उल्लेखनीय र सन्तोषजनक आएको बताए ।
साथै, उनले कांग्रेस मात्रै नभई अन्य सहयोगी दलको अवस्थामा पनि सुधार भएको बताए ।, “तालमेल गरेर चुनाव लडेका थियौँ । परिणाम सन्तोषजनक आयो,” उनले भने,“ कांग्रेस आफैंले धेरै ठूलो सफलता हासिल गरेको छ । तालमेलसहित परिणाम हेर्ने हो भने सहयोगी दलहरूले पनि सफलता हासिल गरेको महसुस गरेको छौँ।” उनले सबैलाई खुसीयाली दिएको बताए ।
३२० मा कांग्रेसले जितेको र ६ ठाउँमा अग्रता लिएको भन्दै उनले ३२६ भन्दा बढी ठाउँमा कांग्रेसले जित्ने बताए । उनले यो गठबन्धन राष्ट्रिय निर्वाचनसम्म गठबन्धलाई अगाडि बढाउने स्थानीय तहले आधार दिएको बताए ।
प्रतिक्रिया दिनुहोस्























