काठमाण्डौँ- नेपाल प्रहरीका पाँचजना डीआईजी एआईजी बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले पाँचजना डिआईजीलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस हुनेहरूमा डीआईजी उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन् । प्रहरीमा खाली रहेको एआईजी दरबन्दीमा उनीहरूलाई बढुवा सिफारीस गरिएको हो ।
बढुवा सिफारीस भएका सबै एआईजी हालका आईजीपी धीरजप्रताप सिंहका ब्याची हुन् ।
प्रतिक्रिया दिनुहोस्























