काठमाण्डौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीले हालसम्म १ उपमहानगरसहित १७ पालिकामा विजयी भएको छ । १ उपमहानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकाको प्रमुखमा एकीकृत समाजवादीले जितेको हो।
इलाम को सूर्योदय नगरपालिका प्रमुख मा १२ हजार ४ सय ३१ मत सहित रण बहादुर राई विजयी भएका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका अध्यक्षमा मान वहादुर केप्छाकी मगरले ४ हजार ९ सय ४२ त्यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका प्रमुख मा जितेन्द्र प्रसाद गुप्ता कलवार ५ हजार ३ सय ९२ मतका साथ विजयी भएका छन् ।
त्यस्तै सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका अध्यक्षमा केदार नाथ यादव ३ हजार ४ सय ७, रौतहटको गौर नगरपालिका प्रमुखमा शम्भु साह ६ हजार ३ सय ८१, रौतहटको राजदेवी नगरपालिका प्रमुखमा भीखारी प्रसाद यादव ६ हजार ९ सय ९९, दोलखाको तामाकोशी गाउँपालिका अध्यक्षमा प्रोण प्रताप के सी ५ हजार ४ सय ९० मतले विजयी भएका छन् ।
त्यस्तै धादिङ्गको धुनीबेंशी नगरपालिका प्रमुखमा वाल कृष्ण आचार्य ८ हजार ७ सय ६, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका प्रमुखमा टोक बहादुर तामाङ ९ हजार ४ सय ६, मकवानपुरको हेटौडा उपमहानगरपालिका प्रमुखमा मीना कुमारी लामा २३ हजार ८०, चितवनको राप्ती नगरपालिका प्रमुखमा शमशेर लामा १२ हजार ५ सय २४, बझाङ्गको केदारस्युँ गाउँपालिका अध्यक्षमा गणेश बहादुर बोहरा ४ हजार ३ सय २१, कैलालीको घोडाघोडी नगरपालिका प्रमुखमा खडक बहादुर रावत १३ हजार १ सय २८, सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा दुर्गा बहादुर पुन ३ हजार १ सय ६०, मुगुको सोरु गाउँपालिका अध्यक्षमा धर्म बहादुर शाही ४ हजार ४७ मत का साथ विजयी भएका छन् ।
साथै डोल्पाको छार्का ताङसोङ गाउँपालिका अध्यक्षमा सेनाङ गुरुङ र सोहि जिल्लाको काईके गाउँपालिका अध्यक्षमा अंगद कुमार राना निर्विरोध निर्वाचित भएका छन् ।























