बाजुरा- चुनावको मुखमा नेपाली कांग्रेस बाजुरा क्षेत्र (क) का सभापति रामबहादुर बोेहराले नेपाली काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेका छन् । पार्टी नेतृत्वले टिकट वितरणमा गुटगत निर्णय र एकलौटी गरेको भन्दै पार्टी परित्याग गरी एमालेमा प्रबेश गरेका हुन ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि काँग्रेसबाट बुढीनन्दा नगरपालिकाको नगरप्रमुखका उम्मेदवार बनेका बोेहराले विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको कुनै जिम्मेवारीमा नबस्ने घोषणा सहित क्षेत्रीय सभापतिको पदबाट राजीनामा दिएका छन् ।
बुढीनन्दा नगरपालिकाको नगर प्रमुखको उम्मेदवारी सिफारिस गर्दा प्रक्रिया पुर्याई क्षेत्रीय सभापतिको नगर प्रमुखमा सिफारिस भएको तर पाटी भित्र केही व्यक्तिबादी चरित्र र आफु मात्रै सर्वेसर्वा पैशा मात्रको भरमा राजनीति किन्न खोज्ने र पदमा रहँदा पनि पदको हदै सम्मको दुरुपयोग गरेको र पार्टी संस्थागत मुल्य मान्यता विपरित केही व्यक्तिले पार्टी कव्जा गर्न खोजेकोले आजबाटै काँग्रेस बाजुरा प्रदेश (क) को सभापति सहित पार्टीको सम्पूणर् जिम्मेवारी परित्याग गरेको बोहोराले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले आजैबाट नेकपा एमालेमा प्रवेश गरेको जानकारी समेत गराएका छन् । एमाले प्रवेश गरेका बोहरालाई एमाले केन्द्रीय सदस्य सहदेव बोगटी प्रदेश उपसचिव बल्देव रेग्मी, प्रदेश समिति सदस्य पेम्वा गुरुग पार्टीका उपसचिव जनक बोहरा र नेतृ सृष्टि रेग्मीले पार्टीमा स्वागत गरेका हुन् ।
विज्ञप्ति:






















