images
images
  • माओवादीको विजयी सुरुवात: नेस्याङमा वडाअध्यक्ष निर्विरोध

    मनाङ- मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर ९ खाङसारको वडाध्यक्षमा च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन्।

    माओवादी केन्द्रका गुरुङलाई वडावासीको संयुक्त भेलाले वडा अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

    त्यस्तै सदस्यहरुमा अनिल गुरुङ, धनबहादुर गुरुङ,महिला सदस्य रिया गुरुङ र दलित महिला सदस्य सुष्मिता सेन्चुरी स्वतन्त्र उम्मेदवारमा निर्वार्चित भएका हुन्।

    उनीहरुलाई पनि वडाबासीको भेलाले जनप्रतिनिधिको रुपमा निर्वाचित गरेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images