images
images
  • कांग्रेसबाट विजुक्छे पोखराको उपमेयर उम्मेद्वार

    पोखरा- पोखरा महानगरपालिकाको उपमेयरको टिकट सुरेन्द्रमान विजुक्छेले पाएका छन् । कांग्रेस महानगर सभापतिसमेत रहेका विजुक्छेलाई कांग्रेस केन्द्रीय समितिले टिकट दिएको हो ।

    गठबन्धनका आधारमा पोखराको उपमेयर कांग्रेसले पाएको छ भने मेयर एकीकृत समाजवादीले पाएको छ ।

    योसँगै पोखरामा सत्ता गठबन्धनले मेयर उपमेयर दुवै पुरुष उठाएको हो । मेयरमा समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यले टिकट पाइसकेका छन् ।

    प्रदेश कार्यसमितिको सिफारिसको आधारमा विजुक्छेलाई टिकट दिइएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images