images
images
  • मकवानपुरमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु


    मकवानपुर। कोरोना संक्रमणका कारण मकवानपुरमा २ जनाको मृत्यु भएको छ ।

    संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत एक पुरुष र मनहरी कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएको हो ।

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा बाराको निजगढ नगरपालिका वडा नम्बर–९ का ४९ वर्षका पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्जले जानकारी दिए ।

    उनका अनुसार मृतक पुरुषको अस्पतालको कोभिड–१९ उपचार कक्षको आइसियुमा राखेर उपचार भइरहेको थियो ।

    त्यस्तै मनहरीको कोभिड अस्पतालमा ५० वर्षकी महिलाको मृत्यु भएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । मृतक महिला मनहरी गाउँपालिका वडा नम्बर–७ रमन्टारकी रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images