images
images
  • मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरीदा युवतीको मृत्यु

    मोरङ- मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरीदा लडेर एक युवतीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सुनसरीको ईटहरी उपमहानगरपालिका–८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छिन् ।

    गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिराटनगर स्थित बिराट नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    हिजो बेलुकी पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडी सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरीदा उनी मोटरसाइकलबाट लडेकी थिइन् ।

    मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images