images
images
  • स्थानीय तहको निर्वाचन: बाजुरामा पाँच सय ५८ कर्मचारी खटाइने

    बाजुरा- आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि बाजुरामा पाँच सय ५८ जना कर्मचारी खटाइने भएको छ । एक सय १२ मतदान अधिकृत र एक सय १२ जना सहायक मतदान अधिकृतसहित पाँच सय ५८ जना कर्मचारी खटिन लागेका हुन् ।

    जिल्लाका नौ स्थानीय तहमा ७० वटा मतदान केन्द्र र एक सय १२ मतदानस्थल छन् । मतदान केन्द्र र मतदानस्थलअनुसार कर्मचारी व्यवस्थापनमा पाँच सय ५८ जना कर्मचारीको व्यवस्थापन गरिएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

    निर्वाचनमा कर्मचारी संघ र संगठनका पदाधिकारी भने नखटाइने कार्यालय प्रमुख नवराज अवस्थीले बताए । जिल्लामा कुल ४२ हजार एक सय ५१ पुरुष र ४० हजार पाँच सय ३७ महिला गरी जम्मा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्न पाउँने जिल्ला निर्वाचन कार्यालयका प्रमुख अवस्थीले बताए ।

    नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा एसलगायत १३ दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका छन् । कार्यालयका अनुसार निर्वाचन कार्यालयहरू स्थापनाका लागि निर्वाचन अधिकृतहरू सम्बन्धित स्थानीय तहमा गइसकेका र ८ वैशाखमा सबै ठाउँमा निर्वाचान कार्यालय स्थापना हुनेछ । कार्यालय स्थापनापछि निर्वाचन शिक्षा लगायतका गतिविधि अगाडी बढाइने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images