images
images
  • बैतडीमा चुनावी तालमेल गर्न गठबन्धनको जिल्ला स्तरीय संयन्त्र तयार

    बैतडी- आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गर्न बैतडीमा सत्तासाझेदार गठबन्धनका तीन दलले जिल्ला स्तरीय संयन्त्र गठन गरिएको छ ।

    सत्ता साझेदार दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको आज बसेको संयुक्त बैठकले स्थानीय तहहरूमा चुनावी तालमेल गर्न जिल्ला स्तरीय संयन्त्र गठन गरेका हुन् ।

    बिहबार बसेको बैठकको निर्णयअनुसार गठबन्धनमा रहेका दलहरूको केन्द्रीय परिपत्र तथा निर्देशनअनुसार जिल्लामा गठबन्धनको प्रभावकारिता एवं छलफलको लागि जिल्ला स्तरीय संयन्त्र गठन गरिएको हो ।

    उक्त संयन्त्रमा कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, नेकपा माओवादी केन्द्रका जिल्ला सयोजक संकर भण्डारी र नेकपा एसका इन्चार्ज प्रमानन्द भट्ट रहेका छन् ।

    यसैगरी, जिल्लामा रहेका १० ओटै स्थानीय तहमा गठबन्धनको केन्द्रीय सर्कुलरअनुसार निर्णय गर्ने बताइएको छ ।

    Nirnaya.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images