पोखरा । गण्डकी प्रदेशमा थप १ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा ११ वटै जिल्लामा संक्रमित भेटिएका हुन् ।
गण्डकी प्रदेशका ११ वटा जिल्लामा गरिएको नमूना परिक्षणमा ४८० महिला र ५९९ पुरुषसहित १ हजार ७९ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए
उनका अनुसार कास्कीमा ३७०, गोरखा २१८, नवलपरासी पूर्व ११८, तनहुँ १६६, स्याङजा ५०, म्याग्दी ३६, बागलुङ ११, लमजुङ ३६, पर्वत ६५, मुस्ताङमा ८ र मनाङमा १ जनामा संक्रमण देखिएको हो ।
गण्डकीमा तीन सातादेखि कोरोना संक्रमण तीव्र रुपमा बृद्धि हुदै गएको छ । प्रदेशमा मंगलबार ९हिजो० अहिलेसम्मकै धेरै १ हजार ५४९ जनामा संक्रमण देखिएको थियो ।
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ३७ हजार ९५४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति २०७८ जेठ १२ गते बुधबार ११:४८