images
images
  • अल्लोको कपडा बनाउने सिपले जगाएको उत्साह

    लमजुङ- कुनै समय रोजगारीको खोजीमा भौँतारिएकी बेसीशहर नगरपालिका-९ सित्तलपाटीकी सन्तोषी विक अहिले खुसी छन् । माघको दोस्रो साताअघि बेसीशहरका कार्यालय तथा संघसंस्थामा काम खोज्दै भौँतारिइरहेकी सन्तोषीलाई यतिबेला रोजगारीको कुनै चिन्ता छैन, बरु उनी अचेल आफ्नो सिप देखाएर राम्रो कमाई गर्ने अवसरको खोजीमा छिन्।

    उनी जस्तै मौसमी काम गरेर दैनिकी चलाउँदै आएकी बेसीशहर दुलालटोलकी रुपिना दुलाल पनि कसले काम देला भन्ने पिरलोमा छैनन्, उनमा पनि यतिबेला सीप बेच्न सकियो भने चाहेजति कमाउन सकिन्छ भन्ने विश्वास भरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङबाट अल्लो प्रशोधन र कपडा उत्पादनसम्बन्धी दुई महिना अवधिको तालिम पाएपछि उनीहरू रोजगारीको चिन्तामुक्त भएका हुन्।

    सन्तोषी, रुपिना मात्र होइनन् उक्त तालिम पाएपछि उनीहरूसँगैका ११ जनालाई यतिबेला काम खोज्दै हिँड्नुपर्ने बाध्यता टरेको छ । आफ्नो घरायसी कामकाज सकेर फुर्सदको समयमा अल्लोको कपडा बनाएर समयको सदुपयोग र आम्दानी गर्न सकिने भएकाले सीपमुलक तालिम लिएको बेसीशहरकी गंगा भण्डारी थापा बताउँछिन्।

    तालिममा उनीहरुले अल्लोको धागोबाट कोट, जुहारीकोट, टोपी, गलबन्दी, झोला, हातेब्याग, पर्स लगायतका पोशाक र सामान बनाउने सीप सिकेका छन् । तालिममा अल्लो प्रशोधन गर्ने प्रकृया, धागो बनाउने, अल्लोको थान कपडा बनाउने र तानमा उनीको कपडा बनाउने सिप सिकाइएको घरेलु कार्यालय प्रमुख मिताकुमारी थापाले बताइन्।

    Allo Training.jpg

    तालिममा अल्लोको धागोबाट कोट, जुहारीकोट, टोपी, गलबन्दी, झोला, हातेब्याग, पर्स लगायतका पोशाक र सामान बनाउने सीप दिइएको उनी बताउँछिन्। उनीको सल, पछ्यौरा जस्ता कपडा बनाउने सिप पनि दिइएको छ।

    घरेलु तथा साना उद्योग कार्यालय र लमजुङ एग्रिगेट प्रालिले बेरोजगारलाई रोजगार वा स्वरोजगार बनाउने उद्देश्यका साथ विभिन्न ठाउँबाट बेसीशहरमा बसोबास गर्दै आएका इच्छुकहरुलाई तालिम दिइएको हो । सिप सिकौं स्वरोजगार बनौं, समृद्ध नेपाल निर्माण गरौं भन्ने नाराका साथ १७ माघदेखि दुई महिना अवधिको अल्लो प्रशोधन र कपडा उत्पादन तालिम दिइएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images