images
images
  • बाजुरामा ८२ हजार ६ सय बढी मतदाता, २० मतदान केन्द्र थप (सूचीसहित)

    बाजुरा- आगामी स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुँदैछ । देशभर एकै चरणमा निर्वाचन हुनेछ ।

    ३० बैशाखमा हुने स्थानीय तहको निर्बाचनका लागि बाजुरामा ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । जसमध्ये ४२ हजार १ सय २१ पूरुष रहेका छन् भने ४० हजार पाँच सय ६९ महिला मतदाता हरेका छन् ।

    निर्वाचन आयोगले आईतबार सर्वजनिक गरेको स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतदाता नामावली अनुसार बाजुरामा १७ हजार ७ सय ४० मतदाता थपिएका छन् ।

    २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९ सय ५० मतदाता संख्या रहेका थिए । जसमध्य ३२ हजार ५ सय २१ पुरुष रहेका थिए भने ३२ हजार ४ सय २७ महिला मतदाता थिए ।

    आयोगले सार्वजनिक गरेको नामावलीमा बाजुराका नै वटा स्थानीय तहमध्ये सबै भन्दा बढी बढुीगंगा नगरपालिकामा १३ हजार ६५६ मतदाता रहेका छन् । सबै भन्दा कम मतदाता जगन्नाथ गाउँपालिकामा ५ हजार ४७७ रहेका छन् ।

    त्यस्तै बडीमालिका नगरपालिमा ९ हजार सात सय ३५, त्रिवेणी नगरपालिमा ११ हजार पाँच सय ११, बुढीनन्दा नगरपालिमा १० हजार ८ सय ७२, स्वामीकार्तिक खापर गाउँपालिमा ७ हाजर ४ सय २७, हिमाली गाउँपालिकामा, ६ हजार ७१, खप्तड छेडेदह गाउँपालिमा ११ हजार ८ सय ९५ र गौमुल गाउँपालिकामा ६ हजार ४६ मतदाता रहेका छन्।

    Untitled 1 13

    आयोगका अनुसार आगामी स्थानीय निर्वाचन नेपालको निर्वाचन इतिहासमै सबैभन्दा बढी मतदाता रहेको निर्वाचन हुनेछ ।  आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा हुने स्थानीय निर्वाचनमा देशभर १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुन पाउनेछन् ।

    यसअघि नेपालमा सम्पन्न भएका निर्वाचनमा सबैभन्दा बढी मतदाता २०६४ सालको संविधान सभा निर्वाचनमा रहेको थियो । सो निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७६ लाख ११ हजार ८३२ रहेको थियो ।

    नौ ओटै स्थानीय तहमा खटायो निर्वाचन अधिकृत: 

    आयोगले बाजुराका नौ ओटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै आयोगले बाजुरामा जिल्ला न्यायाधीश मानब प्रशाद धिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । धिमिरेलाई बडिमालिका नगरपालिकाको निर्बाचान अधिकृत्तको पनि जिम्मेवारी दिइएको छ ।

    गौमुल गाउँपालिकामा शान्ति बहादुर बस्नेत, खप्तड छेडेदह गाउँपालिकामा लक्ष्मण बहादुर कठाएत, त्रिबेणी नगरपालिकामा पुष्पराज पाण्डे, बुढीगंगा नगरपालिामा निरन्जन स्थापित, बुढीनन्दा नगरपालिकामा गोकर्ण प्रशाद उपाध्या, स्वामीकार्तिक खापर गाउपालिकाम शिबहरी सुवेदी, र हिमाली गाउपालिकामा गम्बीर राना भाट खटिएका छन् ।

    आयोगले जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको छ ।

    Nirbachan 2

    २० मतदान केन्द्र थप:

    आयोगका अनुसार स्थानीय तह निर्वाचनका लागि ७० मतदान स्थल र ११२ मतदान केन्द्र कायम भएका छन् । आगामी २०७९ मा हुने स्थानीय तहको निर्वाचनका लागि २०  मतदान केन्द्र थप भएका छन् । २०७४ को स्थानीय चुनावमा मतदानस्थल ७० थिए भने मतदान केन्द्र ९२ मात्र थिए ।Untitled 52

    प्रतिक्रिया दिनुहोस्
    images
    images