कोरोना महामारी फैलिरहँदा बागलुङ नगरपालिका–७ का स्थानीय गणपति न्युरेले जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङ सहयोग गर्नुभएको छ । न्युरेले जिल्ला ट्राफिक कार्यालय बागलुङमा ५०० थान मास्क तथा जिल्ला प्रहरी कार्यालय बागलुङमा एक हजार थान मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरेको न्युरेले बताउनुभयो । कोराना महामारीबीच अग्रपङ्तिमा खटिएका प्रहरीलाई केही हदसम्म भए पनि राहत होस् भनेर हस्तान्तरण गरेको उहाँकोे भनाइ थियो । सहयोगीप्रति जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले धन्यवाद ज्ञापन गरेको छ । न्युरेले केही दिन अगाडि बानपा–७ को मुलपानी स्वास्थ्यचौकी तथा बागलुङ नगरपालिका–७ का सङ्क्रमितहरूको घरघरमा पुगी मास्क तथा स्यानिटाइजर हस्तान्तरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















