images
images
  • सैनिक दिवस: जुम्लामा नेपाली सेनाले स्याउ र ओखर रोपेर मनायो

    जुम्ला- जुम्लामा नेपाली सेनाले स्याउ र ओखरका बिरुवा रोप्न थालेको छ । महाशिवराति अर्थात सैनिक दिवसको अवसरमा मंगलबार नेपाली सेना नं २४ बाहिनी अड्डा र नन्दबक्स गण जुम्लाले आफ्नो परिसरमा ५०० स्याउ र १०० ओखरका बिरुवा रोपेको हो ।

    नेपाली सेनाको नन्दबक्स गणमा ३०० बिरुवा स्याउ रोपिएको छ भने नं २४ बाहिनी अड्डा २०० स्याउ बिरुवा र १०० ओखरका बिरुवा रोपिएको छ ।

    274316463 1361273017668132 6084496089374179438 n.jpg

    बाहिनीपति रामचन्द्र केसीका अनुसार सेनाले आफ्नै परिसरमा स्याउ र ओखर रोपेर नेपाली सेना अब कृषि क्षेत्रतर्फ अग्रसर गर्न थालेको छ ।

    बाहिनीपति केसी, गणपति रविन थापा, जिल्ला वन कार्यालयका प्रमुख दिने शजंग खत्री, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ स्याउ सुपरजोन कार्यालय प्रमुख गंगा पोख्रेल सहितका सरोकारवालाले सेना दिवसको अवसरमा विरुवा रोपेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images