काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्माले ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको शुभारम्भ गरेको छ ।
सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानबाट प्रारम्भ भएको म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता उद्घाटन गरेको हो ।

प्रतियोगिताअन्तर्गत ४२।१९५ किमी पुरुष म्याराथन, २१ किमी महिला–पुरुष हाफ म्याराथन, सैनिक अधिकृत र सैनिक सहचारी महिला–पुरुषको १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दा माथिका रथीवृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथन भएको छ ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















