images
images
  • खोटाङमा एमसीसीको विषयमा सडक जनमत सङ्ग्रह

    खोटाङ- अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको छ । एमसीसीको विषयमा आम धारणा बुझेर सो धारणा सत्तामा बस्ने नेतालाई सुनाउनका लागि भन्दै अनेरास्ववियु (क्रान्तीकारी) ले बुधबार दिक्तेलबजारको त्रिबेणीचोकमा यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको हो ।

    सडकमै मत पेटिका राखेर गरिएको जनमत संग्रहमा कुल २०७ मत खस्दा १९२ मत एमसीसी पारित गर्नुहुन्न भन्ने पक्षमा र १४ मत एमसीसीको पारित गर्नुपर्छ भन्ने पक्षमा मत खसेको अनेरास्ववियु ९क्रान्तीकारी०का नेता पारस बिराटले बताए । खसेका मत मध्ये एक मत बदर भएको छ । एमसीसी यथास्थितिमा पास नगर्नका लागि दबाब सिर्जना गर्न पनि सडक जनमत सङ्ग्रह गरिएको नेता पारस बिराटले बताए ।

    20220223 145956.jpg

    ‘स्वाधीन देशमाथि हमला भइरहेको छ । हामी त्यसलाई परास्त गर्न लडिरहेका छौं । सत्ताको आगो ताप्नेलाई एमसीसी पास गर्नुहुन्न भनेर खबरदारी गरिरहेका छौं, उनीहरूलाई सुनाउनका लागि जनमत सङ्ग्रह गरिएको हो,’ पारस बिराटले भने । उनले सत्तामा बस्नेले जनता एमसीसीको विपक्षमा रहेको कुराको हेक्का राख्नुपर्ने बताए।

    ुएमसीसीको पक्षमा हामी छैनौं । कुर्सीको प्रलोभनमा बस्नेले एकचोटी सुनुन्, स्वतन्त्रता सम्झिउन्, सार्वभौमसत्ता सम्झिउन्, संविधान सम्झिउन्, लाखौं सहीदको बलिदानबाट आएको संविधान सम्झिउन् । एमसीसीले देशको सार्वभौमसत्तामा दूरगामी असर गर्नेवाला छ,’ उनले भने ।

    सडक जनमत सङ्ग्रहको परिणामलाई जिल्ला प्रशासन कार्यालयमार्फत सरकार समक्ष पठाइने अनेरास्ववियु (क्रान्तीकारी) ले जनाएको छ । सडक जनमत सङ्ग्रहको मत सडकमै गणना गरिएको थियो ।

    20220223 150405.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images