images
images
  • बैतडीमा भिरबाट टिप्पर खस्यो, पाँच विद्यार्थीको मृत्यु

    बैतडी- बैतडीमा टिप्पर दुर्घटना हुँदा पाँच जना विद्यार्थीको मृत्यु भएको छ । मृतकको परिचय खुल्न सकेको छैन । पाटन नगरपालिका(३ स्थित झालीमाली भिरबाट टिप्पर खस्दा टिप्परमा सवार विद्यार्थीको मृत्यु भएको हो ।

    उक्त टिप्परमा सिगास माविका विद्यार्थीहरु रहेको बुझिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ भने अहिले प्रहरी घटनास्थल तर्फ गइरहेको छ ।

    दुर्घटनामा पाँच विद्यार्थीको मृत्यु भएको सुन्नमा आएको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताइन् । अहिले आफू घटनास्थलतर्फ गइरहेको उनले बताइन् । ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images