images
images
  • नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर पूर्वकप्तान हरि खड्का दोषी ठहर

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    प्रविणता प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गरी प्रहरीमा जागिर खाएको भन्दै अख्तियारले खड्काविरुद्ध मुद्दा दायर गरेको हो । उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ५ हजार जरिवाना हुने फैसला सुनाएको छ।

    विशेष अदालतका न्यायाधीशहरु अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बिहीबार खड्कालाई दोषी ठहर गर्ने फैसला सुनाएको हो।

    अख्तियारले पूर्वकप्तान खड्काविरुद्ध माघ १२ गते मुद्दा दायर गरेको थियो। विशेष अदालतमा पूर्पक्षका लागि उपस्थित भएका खड्काको मुद्दा पहिलो सुनुवाइमै फैसला गर्दै विशेषले दोषी ठहर गरेको हो।

    खड्काले बयानमा आफूले नक्कली प्रमाणपत्र पेस गरेको स्वीकार गरेपछि थप प्रमाण बुझ्न आवश्यक नभएको भन्दै उनलाई पहिलो सुनुवाइमै दोषी ठहर गरेको विशेष अदालतले जनाएको छ।

    महानगरीय प्रहरी गण नम्बर २, मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समिति) मा कार्यरत सई खड्काको आईए (प्रविणता प्रमाणपत्र तह) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

    उनले माध्यामिक शिक्षा परिषद् बाराणशी, उत्तरप्रदेश भारतबाट जारी भएको शैक्षिक योग्यता (आईएको) को झुठा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक ९असई० पदमा नियुक्त भएको अख्तियारको दाबी थियो।

    खड्काले प्रहरी सेवामा निरन्तर बहाल रही २०५९ पुस १४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो।

    यसरी उनले सरकारलाई हानिनोक्सानी पुर्‍याई आफूसमेतलाई लाभ हुने बदनियत राखी भ्रष्टाचारजन्य काम गरेको अख्तियारले जनाएको छ। खड्कालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम दण्ड सजाय माग दाबी गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images