images
images
  • पूर्वकप्तान खड्काविरुद्ध अख्तियारको मुद्दा, नक्कली प्रमाणपत्र पेश गरेर प्रहरीमा जागिर खाएको आरोप

    काठमाडौं-बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा नेपाल पुलिस क्लबका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    नेपाल प्रहरीको सइमा बढुवा हुन उनले प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको आरोप छ। उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा छानबिन सुरु भएपछि दुई वर्षअघि प्रहरीको असइ पदबाट राजीनामा दिएका थिए।

    खड्काले माध्यामिक शिक्षा परिषद बाराणशी, उत्तरप्रदेशवाट जारी भएको भन्दै प्रमाणपत्र तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आयोगले बताएको छ। सोही प्रमाणपत्रका आधारमा २०५५ कार्तिक १ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भएको आयोगले आरोपपत्रमा उल्लेख छ।

    आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम दण्ड सजायको मागदावी लिई आज बिशेष अदालतमा मुद्दा दायर गरिएको हो। खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को झुटो प्रमाण पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अख्तियारको दाबी छ ।

    खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।

    अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र दशदेखि २० हजारसम्म जरिवाना सजाय माग गरेको छ ।खड्का नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसमेत हुन्।नेपालमा २०७६ सालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद साग पछि उनले प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

    press note

    प्रतिक्रिया दिनुहोस्
    images
    images